site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केही व्यक्तिको बदमासीले सहकारी क्षेत्र बदनाम भयो : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण सहकारी क्षेत्र बदनाम भएको बताएका छन् । 

ललितपुरमा आइतबार आयोजित 'सहकारी रोजगार मेला'को समापन कार्यक्रमका मन्त्री अर्यालले केही मानिसले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए । उनले अब सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

केही व्यक्तिहरू आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ । मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरू नै ठगी प्रकरणमा मुछिनु दु:खद भएको धारणा राखे । उनले सहकारी अभियन्ता भनिनेहरू नै ठगी प्रकरणमा मुछिनु दु:खद भएको धारणा राखे ।

उत्पादनलाई बजारीकरण गर्न नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनको भनाइ छ । उनले मुलुकमा अर्थतन्त्र चलायनमान बनाउन सहकारीको भूमिकाकाबारे समाजमा सकारात्मक बहस गर्ने बेला आएको पनि बताए । 

'मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता' नाराका साथ राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी रोजगार मेला आयोजना गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro