site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रालयको काम बजेट चढाइदिने मात्र भयो : वनमन्त्री सुडी

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले चुरे संरक्षणको जिम्मेवारी र दायित्व आफ्नो मन्त्रालयको नभएको बताएका छन् । उनले यसको सम्पूर्ण जिम्मेवारी ‘नेपाल सरकार’को भएको बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपति चुरे कार्यक्रमको अध्यक्ष र सदस्य वन मन्त्रालयले नभएर ‘सरकार’ले तोक्ने उल्लेख गरे ।

“राष्ट्रपति चुरे संरक्षण निर्माता अब मन्त्रालय हैन, नेपाल सरकारले अध्यक्षलगायत सचिव, सदस्य समेतको नियुक्ति गर्छ ।  वन मन्त्रालयले बजेट आउँछ, बजेट उसको नाममा चढाइदिने काम मात्र हो,” उनले भने ।

मन्त्री सुडीले चुरेमा जति ठूलो समस्या छ, त्यो समाधान गर्न पर्याप्त बजेट नभएको गुनासो गरे । “संसारमा बजेट वृद्धि हुन्छ ५, १० प्रतिशतले हरेक वर्ष । तर, हामीकहाँ उल्टै बजेट काटिन्छ गत सालभन्दा,” उनले भने, “बजेटको धेरै रकम सेनामा जान्छ । अनि, तलदेखि माथिसम्म कर्मचारी पाल्नुपर्छ । त्यसैले बजेट कम छ ।”

उनले वनसम्बन्धी ऐन, २०२९ परिवर्तन गर्न आवश्यक रहेकामा जोड दिए । “यसपालिका चार खर्बको काठ बेच्छ र सरकारको आम्दानी वन मन्त्रालयको माध्यमबाट हुन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro