site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, तथा नगरपालिकाका प्रमुख/उपप्रमुखको अनुपस्थितिमा कतिपय स्थानीय तहको दैनिक कामकाजसमेत रोकिएको छ । सामान्य सिफारिससमेत पाउन नसकेर जनसाधारण बिलखबन्दमा छन् । विडम्बना, देशका ठूला राजनीतिक दलका नेताले भने संविधान संशोधनको रट लगाउन थालेको देखिन्छ । 

देशले संघीयता अपनाएसँगै नेपालमा तीन तहको कार्यपालिकाको परिकल्पना गरियो । राज्यमा जनसाधारणको पहिलो पहुँच विन्दु स्थानीय तह हुन पुग्यो । अधिकार र साधनस्रोत सम्पन्न स्थानीय तह जनसाधारणका लागि निकै सहज र उपयोगी निकाय पनि बन्न सकेको छ ।

नागरिकको अधिकतम हित राज्यको प्राथमिक कर्तव्य हो । यसैले स्थानीय तहको सुदृढीकरणमा राज्यका सबै अङ्ग र निकायको ध्यान जानुपर्थ्यो । दुर्भाग्य, संविधान लागु भएको एक दशक पुग्न लाग्दासमेत स्थानीय तहहरूको अवस्थामा सुदृढीकरण र सुधार हुनसकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले करिब एक चौथाइ स्थानीय तहमा सरकारले प्रशासक पठाउन नसक्दा निमित्तका भरमा चलाइएका छन् । यस्तै पालिकाका प्रमुख/उपप्रमुख दुवै कारणवश लामो समय अनुपस्थित रहेका अवस्थामा दैनिक कामकाज सञ्चालनका लागि प्रमुख चयन गर्ने विषयमा पनि अन्योल छ । 

पालिकामा प्रशासकसमेत पठाउन नसक्नु केन्द्रको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको कमजोरी हो । निजामती सेवाको समायोजनका क्रममा बहालवाला कर्मचारीको स्वार्थ निर्णायक हुनपुगेकाले अहिलेको समस्या उत्पन्न भएको हो । वैध आदेश नटेर्ने कर्मचारीमाथि विभागीय कारबाही गरे यो समस्या हुनेछ । 

Global Ime bank

पालिकामा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष दुवै कुनै कारणले लामो समय अनुपस्थित रहेका अवस्थामा कार्यवाहक प्रमुखले पालिका सञ्चालन गर्नुपर्छ । तर, कार्यवाहक तोक्ने प्रक्रिया र मापदण्ड प्रचलित कानुनमा स्पष्ट नतोकिएकाले सम्बन्धित मन्त्रालयका अधिकारी पनि अन्योलमा पर्नगएका छन् । 

स्थानीय तह अविच्छिन्न उत्तराधिकारवाला निकाय भएकाले पनि यसको प्रमुखको पद रिक्त राख्न मिल्दैन । प्रमुखरउपप्रमुखको अनुपस्थितिमा कामकाज चलाउनका लागि प्रचलित केही विधिमध्ये उपयुक्त विधि स्वतः आकर्षित हुनेगरी कानुनी व्यवस्था मिलाउन सके कम्तीमा जनसाधारणको दैनिक कामकाज रोकिनेछैन । 

पालिकाहरूको संरचनामा अध्यक्षात्मक र संसदीय दुवै पद्धतिको विशेषता मिसिएको पाइन्छ । यसैले उपस्थितमध्येबाट बहुमतले कार्यवाहक प्रमुख सहवरण गर्ने विधि अपनाउनु एउटा सहज लोकतान्त्रिक विकल्प हुनसक्छ । तर, पालिकाको निर्वाचनमा हुने अति राजनीतिकरणका कारण यो विधि अपनाउन सहज देखिँदैन । 

यस्तै प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुवैको अनुपस्थितिमा निर्वाचित सदस्यहरूमध्येका ज्येष्ठ सदस्यले स्वतः अध्यक्षता गरेजस्तै पालिका प्रमुखको जिम्मेवारी पनि समाल्ने विधि अर्को विकल्प हो । यसमा चलखेल गर्ने ठाउँ कम हुने हुनाले लागु गर्न पनि सहज हुने देखिन्छ । 

स्थानीय तह सञ्चालनका लागि कानुन बनाउने जिम्मा लिएकाले पालिकाहरूको सथ्चालनमा उत्पत्न अन्योल हटाउने दायित्व नेपाल सरकारकै हो । यसका लागि यथाशीघ्र कानुनी व्यवस्था गर्ने र त्यतिन्जेलका लागि ज्येष्ठ सदस्यबाट सञ्चालन गर्ने निर्देशन दिनु आवश्यक र उचित देखिन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय