site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो : रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सिमानामा सेना हतियारसहित बस्न नमिल्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय मान्यताले पनि नदिने भएकाले अर्धसैनिक बल सीमामा बस्ने बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले सेना अलि दूरीमा बसेर सीमासम्बन्धी सुरक्षाको काम गरिरहेको उल्लेख गरे । “सिमानामा सेना हतियारसहित बस्न अन्तर्राष्ट्रिय मान्यताले पनि नमिल्ने भएकाले अर्धसैनिकमा राख्दै केही दूरीमा आफू बसेर निगरानी गर्ने क्रम जारी छ,” उनले भने ।

उनले नेपाली सेना कुनै व्यावसायिक गतिविधिमा नलागेको जिकिर गरे । शान्ति सेनाअन्तर्गतको मिसनमा गएबापत प्राप्त पैसालगायत रकमले सैनिक कल्याणकारी कोष सञ्चालन गरिएको उनले बताए । उक्त कोषको रकम उत्पादनको क्षेत्रमा लगाउन सके हितकार हुने उनले उल्लेख गरे ।

उनले आफू विगतमा करिब २२ दिन रक्षामन्त्री हुँदा हेटौँडा कपडा उद्योग चलाएर सुरक्षा संयन्त्रलाई पुग्ने लत्ताकपडा उत्पादन गर्ने भन्दा विरोध गरिएको स्मरण गरे । त्यति बेला ‘नेपाली सेना पाकिस्तानी मोडलमा गएको हो ?’ भन्दै विरोध गरिएको उनले बताए ।

“नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो । के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगलाई चलाउनु पकिस्तानी मोडल हो ?,” उनले प्रश्न गरे ।

विदेशीले आफ्नो व्यापार चलाउन यस्ता हल्ला फैलाएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro