site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या : उपाध्याय

काठमाडौं । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्थाले बैंकरलाई दबाब छ ।  बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी हुनसक्छ,” उनले भने, “खराब कर्जा अझै पनि बढ्न सक्छ । यसले अर्थतन्त्रमा धेरै असर गर्छ ।”

उनले इक्विटीभन्दा रिजर्व बढाउनतर्फ बैंकले ध्यान दिनुपर्ने बताए । यसले बैंकलाई बलियो बनाउन टेवा पुग्ने उनको भनाइ छ ।

उनले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिमा प्राथमिकता दिएर खर्च घटाउनतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro