site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तितुङ हत्याका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहत दिन सांसद बर्ताैलाको माग 

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाको परिवारलाई राहत दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे । 
 
यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र केही साथीहरू सहित गएका तितुङको गोली हानी हत्या भएको उनले बताए । पर्सा वन्यजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी, खटिएका नेपाली सेनाले तितुङलगायतलाई आक्रमण गरेको उनको आरोप छ । 

उनले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “दोषी सुरक्षाकर्मीलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro