site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमिन्सको ह्याट्रिकका बाबजुद अफगानिस्तानविरुद्ध अस्ट्रेलियाको हार 

काठमाडौं । प्याट कुमिन्सको ह्याट्रिकका बाबजुद अस्ट्रेलिया आईसीसी ट्वान्टी २० विश्वकपमा अफगानिस्तानसँग २१ रनले पराजित भएको छ ।

आइतबार किंग्सटाउनमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १९.२ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र बनाएको हो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४१ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । यसबाहेक कप्तान मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याटर भने दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

अस्ट्रेलियालाई सस्तैमा रोक्न अफगानिस्तानका गुलबद्दिन नैबले चार विकेट लिए । चार ओभर बलिङ गरेका नैबले २० रनमात्र खर्चिए । नविन उल हकले तीन विकेट लिए । अज्मतुल्लाह ओमरजाई, मोहम्मद नाबी र राशिद खानको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रनको योगफल खडा गरेको थियो ।

अफगानिस्तानका रहमनुल्लाह नैबले सर्वाधिक ६० रन बनाएका थिए । उनले ४९ बलमा समान चार चौका र छक्का प्रहार गरेका थिए । यस्तै, इब्राहिम जद्रानले ५१ रन थपे । यी दुईले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गर्दै अफगानिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसबाहेक करिम जनतले १३ र मोहम्मद नाबीले १० रन थपे ।

अफगानिस्तानविरुद्ध अस्ट्रेलियाका कुमिन्सले ह्याट्रिक विकेट लिए पनि टिमको जित सुनिश्चित गर्न सकेनन् । जारी विश्वकपमा ह्याट्रिक लिने एकमात्र बलर कुमिन्सले लगातार दुई खेलमा ह्याट्रिक विकेट लिएका हुन् । उनले यसअघि बंगलादेशविरुद्ध पनि ह्याट्रिक लिएका थिए ।

ट्वान्टी २० विश्वकपको इतिहासमा यो आठौँ ह्याट्रिक हो । कुमिन्सले १८औँ ओभरको अन्तिम बल र २०औँ ओभरका सुरुआती दुई बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् ।

अफगानिस्तानविरुद्ध कुमिन्सबाहेक एडम जाम्पाले दुई र मार्कुस स्टोइनिसले एक विकेट हात पारे ।

सुपर–८ को समूह–१ मा रहेको अफगानिस्तानको यो पहिलो जित हो । दुई खेलबाट दुई अंक जोडेको अफगानिस्तान तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडे पनि नेट रनरेटका आधारमा अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro