site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्काे आगामी सबै बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।  

शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधिसभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्ततु हुने कार्यसूची रहेकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको जानकारी दिए । 

उनले यही असार ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै सदस्यहरूको अनिवार्य उपस्थिति हुन निर्देशन दिने बैठकले निर्णय गरेको जानकारी दिए । 

“आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधिसभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्ततु हुने कार्यसूची रहेको छ । त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकहरूमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ,” उनले भने ।  

उनले अनिवार्य रूपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्न आग्रह गरे । जनताका, जनजीविकाका, देश र जनताको पक्षका विषयहरूलाई सघन ढंगले मुखरित गरेर संसद्‌मा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको उनको भनाइ छ ।

उनले पछिल्लो समयमा संघीय संसद्का बैठकमा सदस्यहरूको उपस्थिति पातलो भएकाले कांग्रेसका सांसदलाई बैठकहरूमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro