site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगका जटिलता हटाउन सकारात्मक छौँ : उद्योगमन्त्री भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरूको पक्षमा कानुन निर्माण गरी जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले बनाउने हरेक कानुन उद्योगमैत्री बनाउन नसके उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे ।

सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न सरकारले कानुन संशोधन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको उनको भनाइ छ ।

उनले सिमेन्टको गुणस्तर, सामाजिक र वातावरणमैत्री बनाउन मन्त्रालय गम्भीर रहेको बताए । उनले भने, "सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । समितिले म्याद थप गर्नुहुन्छ । समय अवधि तोक्नुहुन्छ । नेपालका उद्योग जुन अवस्थामा छन् । त्यहाँबाट उठाउनुपर्छ । पैरवी गर्नुपर्छ । उद्योगीहरूलाई मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानुन निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन ।"

उनले सरकारले बनाउने कानुनहरूलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro