site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रसर व्यवसायीको आन्दोलनमा निर्माण व्यवसायी महासंघको ऐक्यबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले क्रसर उद्योग नवीकरणको माग राखेर आन्दोलनमा उत्रिएका व्यवसायीको मागमा ऐक्यबद्धता जनाएको छ । शुक्रबार माइतीघर पुगेर महासंघका महासचिव रोशन दाहालले क्रसर उद्योगीहरूको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यबद्धता जनाएका हुन् ।

उनले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा निमाण व्यवसायी पर्ने भएकाले सरकारले अविलम्ब उनीहरूको माग सम्बोधन गर्नुपर्ने बताए । उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए ।

"क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ । महासंघले ऐक्यबद्धता रहेको छ । यहाँहरूको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनेर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेसा व्यवसायीलाई निरुत्साहित बनाउने काम गरिरहेको छ," उनले भने ।

क्रसर उद्योग नवीकरणको माग राखेर व्यवसायीहरूले गत असार १ गतेदेखि काठमाडौंलक्षित आन्दोलन गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro