site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चालु अधिवेशनबाटै संघीय निजामती विधेयक पारित हुन्छ : मन्त्री जोशी
फाइल तस्बिर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने बताएका छन् । 

शुक्रबार मन्त्रालयको सय दिनको कामबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु अधिवेशनमा सो विधेयक पारित गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । छलफलको माग भएपछि विधेयक पारित गराउन समय लागेको जानकारी दिँदै उनले सो विधेयकलाई टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । 

“यो वर्षे अधिवेशनमा यो विधेयक आउँछ । यो विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले यसमा धेरै छलफल पनि भयो । अहिले पनि विद्यालय शिक्षा विधेयक पनि अलि सजिलो ढंगले आउन सकेको छैन भने यही विधेयकमा पनि अलि बढी छलफल गर्नुपर्ने भएको हुनाले यो आउन सकेन । तर, मैले फेरि पनि दोहोर्‍याएर भन्छु– यो विधेयक यो अधिवेशनबाट पास गर्ने तयारी गर्छौँ,” मन्त्री जोशीले भने ।  
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro