site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व स्वास्थ्य संगठनले भन्यो– तौल घटाउने नाममा नक्कली ‘ओजेम्पिक’ प्रयोग नगर्नू

रोम । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तौल घटाउने नाममा चर्चामा आएको ओजेम्पिकको नक्कली भर्सन प्रयोग नगर्न आग्रह गरेको छ ।

यस औषधिलाई कहिलेकाहीँ ‘स्किनी जाब’का रूपमा समेत चिन्ने गरिएको जनाइएको छ । यसको मुख्य उद्देश्य भने ‘टाइप–२ डाइबिटिज’को उपचार गर्नु रहेको जनाइएको छ ।

डब्लूएचओले नक्कली औषधिले स्वास्थ्यमा खतरनाक असर गर्न सक्ने चेतावनी दिएको छ ।

डब्लूएचओले सो औषधि ख्यातिप्राप्त स्रोतजस्तो चिकित्सकबाट मात्र लिन र अनलाइन वा सामाजिक सञ्जाललाई स्रोत बनाएर नलिन भनेको छ । ओजेम्पिकमा सेमाग्लुटाइड अवयव भएको र यसलाई टाइप २ डाइबिटिजका बिरामीले उनीहरूको रगतमा भएको सुगर नियन्त्रणका लागि प्रयोग गर्ने समेत जनाइएको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro