site stats
बाह्रखरी :: Baahrakhari
देश
यी क्षेत्रका नदी तथा खोलामा बाढीको सम्भावना 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागका नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ । वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा जलसतह बढ्ने भएको हो । 

दोलखा जिल्ला र आसपास भई बहने केही स–साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहनसक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

यसैबीच, आगामी तीन दिन कोसी, कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै हुनेछ । तर,  जलसतह बढ्दो क्रममा रहनेछ । 

नारायणी, वाग्मती र यसका प्रमुख सहायक नदीहरूमा पनि जलसतह सामान्य बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्