site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुवास शीर्ष स्थानमा
SkywellSkywell

काठमाडौं । साविक विजेता सुवास तामाङले ५–अन्डर ६७ को स्कोर दर्ता गर्दा समग्रमा १२–अन्डर २०४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शीर्ष स्थानमा उक्लन सफल भएका छन् ।

सुवासले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे ।

Dabur Nepal
NIC Asia

दिनेश र भुवनले समग्रमा ११–अन्डर २०५ स्कोर गरे । उनीहरू दुवै आज १–अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे । एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९–अन्डर २०७ स्कोर सहित संयुक्तरूपमा चौथो स्थान बाँडे । दुवैले तेस्रो दिनको खेल २–अन्डर ७० मा पूरा गरे ।

आज १–अन्डर ७१ सहित समग्रमा ६–अन्डर २१० को स्कोरमा तोरण विक्रम शाही छैटौँ स्थानमा छन् । एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५–अन्डर २११ को स्कोरमा सातौँ, ४–अन्डर २१२ सहित जयराम श्रेष्ठ आठौँ र १–अन्डर २१५ सहित एमेच्योर सुमन परियार नवौँ स्थानमा रहे । विजय र जयरामले आज इभन–पार ७२ तथा सुमनले ३–ओभर ७५ को स्कोर कार्ड बनाए ।

समग्रमा इभन–पार २१६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरूपमा दशौँ स्थान बाँडे । राहुलले ३–अन्डर ६९, तेन्जिङले १–अन्डर ७१ र सञ्जयले ४–ओभर ७६ मा दिनको खेल सकाए ।

दोस्रो दिन संयुक्तरूपमा तेस्रो स्थानमा रहेका सुवासले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा पूरा गरे । चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । यसपछि ५–पारको १२औँ होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औँ होलमा एक सट बचाए । ब्याक नाइन ३–अन्डर ३३ मा सकाए । 

दिनेशले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि ११औँ होलमा पनि एक सट बचाए । तर १२औँ होलको डबल बोगी र १५औँ होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको सबै भन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको छ ।  प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र एक लाख २२ हजार प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौ हुनेलाई एक लाख २ हजार र ८० हजार प्रदान गरिनेछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम प्रतियोगिता शनिबार हुनेछ । जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro