site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमाथि भारतको सहज जित
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको छ ।

बिहीबार बार्बाडोसस्थित केङ्सिङ्टनमा भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, मोहम्मद नाबीले १२ र ओपनर रहमनुल्लाह गुर्बजले ११ रन थपे । नुर अहमेदले १२ रन थपे ।

Dabur Nepal
NIC Asia

अफगानिस्तानविरुद्ध भारतका जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बुमराहे एक मेडन फ्याक्दै सात रन खर्चिए । अर्शदीप सिंह र कुलदीप यादवले समान दुई विकेट हात पारे । हार्दीक पन्ड्या र अक्षर पटेलको नाममा समान दुई विकेट रह्यो ।

त्यअसघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

भारतका मध्यक्रम ब्याटर सूर्यकुमारले ५३ रन बनाएका थिए । उनले २८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ९०–५ को स्थितिबाट सूर्यले हार्दिक पन्ड्यासँग छैटौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । 

पन्ड्याले २४ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए । ओपनर विराट कोहलीले २४, ऋषव पन्तले २० र सिवम दुवेले १० रन थपे । अक्षर पटेलले १२ रन जोडे ।

अफगानिस्तानका फजलहक फारुकी र राशिद खानले समान तीन विकेट लिए । नविन उल हकको नाममा दुई विकेट रह्यो ।

प्रतियोगितामा भारत समूह ‘ए’ को शीर्ष स्थानमा र अफगानिस्तान समूह ‘सी’ को दोस्रो स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro