site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
सूर्यकुमारको अर्धशतकमा भारतले अफगानिस्तानलाई दियो १८२ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको छ ।

बिहीबार बार्बाडोसस्थित केङ्सिङ्टनमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

भारतका मध्यक्रम ब्याटर सूर्यकुमारले ५३ रन बनाए । उनले २८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ९०–५ को स्थितिबाट सूर्यले हार्दिक पन्ड्यासँग छैटौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । 

पन्ड्याले २४ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए । ओपनर विराट कोहलीले २४, ऋषब पन्तले २० र सिवम दुवेले १० रन थपे । अक्षर पटेलले १२ रन जोडे ।

अफगानिस्तानका फजलहक फारुकी र राशिद खानले समान तीन विकेट लिए । नविन उल हकको नाममा दुई विकेट रह्यो ।

प्रतियोगितामा भारत समूह ‘ए’ को शीर्ष स्थानमा र अफगानिस्तान समूह ‘सी’ को दोस्रो स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro