site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ 

काठमाडौं । रौतहटको बौधिमाई नगरपालिका–७, बंकुलस्थित सीमा क्षेत्रबाट स्राेत नखुलेकाे १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार सशस्त्र प्रहरीले उक्त रकमसहित भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनियाका ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार ती युवकलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो । बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएकाे डीएसपी थापाले बताए । 

उनका अनुसार ती युवकले मोटरसाइकलको सिटमुनि स्रोत नखुलेको पैसा लुकाएर ल्याएका थिए । ती युवकलाई बरामद पैसा तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro