site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिन र किम धेरै मिलेको देख्न चाहँदैन चीन

सिउल । बिहानको ३ बजे हार्दिकताका साथ अंकमाल गर्नु, घोड सवार सैनिकको 'गार्ड अफ अनर' दिनु, राजधानी प्योङ्याङको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङका ठूला ठूला तस्बिर एक साथ देखाउनु, यी सबै काम पश्चिमा मुलुकलाई हैरान गर्नका लागि गरिएका थिए ।

रुसका राष्ट्रपति पुटिनले सन् २००० मा पहिलोपटक उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यसपछि अहिले यति लामो समयपछि भएको यो यात्रा दुवै देशका लागि कुनै मौका जस्तो थियो । जसमा आफ्नो मित्रता दुनियाँका अघि बढाइचढाइ देखाउन सकियोस् ।

केवल देखाउने कुरा मात्र रहेन । उत्तर कोरियाका प्रमुख किमले घोषणा गरेका छन्, उनी युक्रेनविरुद्धको युद्धको बारेमा रुसको साथ छन् । यी शब्द र भनाइले दक्षिण कोरिया, अमेरिका र युरोपेली संघलाई निकै ठूलो खतरा देखाइरहेको छ । यद्यपि, यो कुरा साँचो हो कि दुवै नेतालाई एक अर्काको आवश्यकता परिरहेको छ । 

Dabur Nepal
NIC Asia

पुटिनलाई युद्ध जारी राख्न गोलाबारुद चाहिएको छ, उता उत्तर कोरियालाई पैसाको जरुरत छ । यद्यपि, यो क्षेत्रमा बलियो ताकत उत्तर कोरियासँग छैन । पुटिन र किम चीनको मदतले नै मित्र बनिरहेका छन् । यसले गर्दा उनीहरू चीनलाई बेखुसी गर्न चाहँदैनन् । किनकी चीन दुवै देशमा पश्चिमी नाकाबन्दीको बीच व्यापार र प्रभाव बनाइ राख्नको लागि एक महत्त्वपूर्ण स्रोत हो । पुटिन किमका साथ आफ्नो गहिरो सम्बन्धको तारिफ गरिरहेका छन् । उनलाई थाहा हुनुपर्ने कि यसमा एउटा सीमा छ । त्यो सीमा अरु कोही नभएर चीनका राष्ट्रपति सी जिनपिङ हुन् ।  

चीनको नजर
यस्तो के संकेत होला जहाँ दुई सहयोगी नजिक आउँदा सी खुसी छैनन् । गएको मे महिनामा सीले पुटिनसँग कुराकानी गरेका थिए । रिपोर्टहरूका अनुसार सो कुराकानीपछि सीले पुटिनसँग यो कुराकानी लगत्तै उत्तर कोरिया नजान भनेका थिए । उनी दुई देशको मामिलामा उत्तर कोरिया नआओस् भन्ने चाहन्थे ।

अमेरिका र युरोपले चीनका राष्ट्रपतिलाई पहिला नै रुसको समर्थन नगर्न दबाब दिइरहेका छन् । उनीहरूले चीनलाई ती सामान नदेऊ जसले युक्रेनसँगको युद्ध बढाउन मदत गरोस भनेका छन् । सीले यो चेतावनीलाई नजरअन्दाज गर्ने सम्भावना छैन ।  जुन हिसाबले चीनको सामानको दुनियाँँलाई जरुरी छ उसैगरी दोस्रो ठूलो अर्थ व्यवस्था बनिरहने र विदेशी पर्यटक तथा लगानीको जरुरत चीनलाई पनि छ । 

यसकारण नै चीन अहिले युरोपका केही देशको साथसाथै थाइल्यान्ड र अष्ट्रेलियाबाट आउने मानिसलाई ‘भिसा फ्री’को प्रस्ताव गरिरहेको छ । यति मात्रै होइन विदेशी चिडियाखानामा फेरि एकपटक पान्डा पठाइरहेको छ । चीनका महत्त्वकांक्षी नेता सीका लागि यी कुराको अर्थ राख्दछ । किनकि एक ठूलो वैश्विक भूमिका उनले खोजीरहेका छन् । उनको टक्कर सिधा अमेरिकासँग छ । यो कुरा तय छ कि उनले आफूलाई यस्तो व्यक्तिका रूपमा देख्दैनन् जसलाई बहिष्कार गरियोस् । उनी पश्चिमा मुलुकबाट नयाँ दबाब झेल्न पनि चाहँदैनन् । 

यी दबाबका बाबजुद चीनले रसियासँग सम्बन्धलाई सम्हालिरहेको छ । यद्यपि, अहिलेसम्म उसले युक्रेनविरुद्ध रुसको आक्रमणको निन्दा गरेको छैन । तर, उसले रुसलाई ठूलो सैन्य सहायता पनि गरेको छैन । गएको मेमा पुटिनसँगको कुराकानीका क्रममा सीले सम्हालेर बयान दिएका थिए । यद्यपि, दोस्रोतर्फ पुटिन उनको प्रसंशा गरिरहेको अवस्थामा देखिन्थे । 

किमको परमाणु हतियार बढाउने प्रयासमा अहिलेसम्म चीनले समर्थन गरिरहेको छ । उसले पटक–पटक संयुक्त राष्ट्रसंघमा अमेरिकाको नेतृत्ववाला प्रतिबन्धलाई रोक्ने प्रयास गरेको छ । यद्यपि, सी किमको रबैयामा सन्तुष्ट छैनन् । उत्तर कोरियाले पटक–पटक हतियारको परीक्षण गर्ने गर्दछ । यही कारण हो कि जापान र दक्षिण कोरिया अमेरिकाको साथ आफ्नो कडा इतिहास भुलेर पनि नजिक गएका छन् । चीनको पनि यही शैली हो  ।

रुसले फैसला गर्ला ?
चीनको बेखुसी रुसलाई यो कुरामा बाध्य पार्न सक्छ कि उ उत्तर कोरियालाई अधिक प्रविधि सिकाउन पुनर्विचार गरोस् । यो अमेरिकाको लागि पनि ठूलो चिन्ताको विषय हो । एनके न्यूजका निर्देशक आंद्रेई लांकोवलाई यो बारेमा सन्देह  छ । उनी भन्छन्, “मलाई लाग्दैन कि रुसले उत्तर कोरियालाई ज्यादा सैन्य टेक्नोलोजी दिनेछ ।”

उनको भनाइमा रुसलाई धेरै कुरा मिलेको छैन । उसलाई केही मिल्यो भने पनि यसले भविष्यमा उसलाई समस्या पर्न सक्छ । यद्यपि, उत्तर कोरियाको तोपखाना, पुटिनको लागि युक्रेन युद्धमा एक ठूलो तागत सावित हुनेछ । यसको बदलामा मिसाइल तकनिकीको प्रयोग गर्नु ठूलो कुरा होइन । पुटिनलाई यो पनि महसुस हुन सक्छ कि चीनलाई बेखुसी गर्नु राम्रो होइन । किनकी उ रुसबाट तेल र ग्याँस किनिरहेको छ । यति मात्रै होइन पश्चिमी नाकाबन्दीको समयमा चीनले उसको हात पकडीरहेको छ । चीन र उत्तर कोरियाको सम्बन्धलाई लिएर एक विश्लेषकको भनाइ छ– यी मध्ये कुनै एक यस्तो तेलको दियो हो जो लगातार जलिरहेको छ । पुटिन र किम भलै सहयोगी देखिने प्रयास गरे पनि दुवैको लागि चीनको महत्त्वपूर्ण भूमिका रहेको छ । 

चीनलाई कोही गुमाउन चाहँदैनन्
रुस र उत्तर कोरियाबीच विस्तृत साझेदारी सम्झौताबाट यो कुराको कुनै ग्यारेन्टी छैन कि किमले गोलाबारुदको आपूर्ति जारी राख्न सक्नेछन् । किनकी किमलाई आफ्नै लागि यसको जरुरत रहेको छ । कारण दक्षिण कोरिया उसको सामुन्ने छ । त्यसैले आफ्नो रक्षाको लागि पनि उसलाई हतियारको जरुरत छ । 

विश्लेषकहरूको यो पनि भनाइ छ कि रुस र उत्तर कोरिया अलग अलग अपरेटिंग सिस्टमको प्रयोग गरिरहेका छन् । जसमा उत्तर कोरियाको सिस्टमको गुणस्तर धेरै राम्रो छैन । तिनीहरू पुराना हुँदै गइरहेका छन् । यो भन्दा पनि बढी कुरा के हो भने रुस र उत्तर कोरियाले दशकौँसम्म आफ्नो सम्बन्धलाई प्राथमिकता दिएनन् । जब पश्चिमका साथ उनीहरूको राम्रो सम्बन्ध थियो त्यतिबेला पुटिनले उत्तर कोरियामाथि दुईपटक प्रतिबन्ध लगाएका थिए । 

यति मात्रै होइन उत्तर कोरियाको परमाणु कार्यक्रम छोड्नको लागि मनाउन रुस अमेरिका, चीन, दक्षिण कोरिया र जापानसँग सामेल समेत भएको थियो । यद्यपि, चीनलाई भने विविध कारणले गर्दा रसिया र उत्तर कोरियाले गुमाउन चाहेका छैनन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro