site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन् । 

बिहीबार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्यांकन तथा वस्तुस्थितिको मूल्यांकन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको बताए । 

उनले निरन्तर रूपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको उल्लेख गरे । उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको उल्लेख गरे । 

सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको बताए । उद्योगमन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रूपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीब्रता दिने उल्लेख गरे । 

उनले भने, "मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्यांकन तथा वस्तु स्थितिको मूल्यांकन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको छ । निरन्तर रूपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।" 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro