site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत भ्रमणबारे प्रधानमन्त्रीले भने–  दुई देशबीच आपसी सद्‌भाव वृद्धि गर्न उल्लेख्य भूमिका खेल्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभा बैठकलाई हालै आफूले गरेको भारत भ्रमणबारे जानकारी गराएका छन् ।  “यस भ्रमणले दुई देशबीच आपसी सद्‌भाव वृद्धि गर्न उल्लेख्य भूमिका खेलेको छ,” प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा भने ।

भ्रमण आपसी समानता र लाभका आधारमा भएको दाबी पनि उनले गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण कार्यक्रममा सहभागी हुन उनी भारत गएका थिए । गएकाे जेठ २७ गते उनी उक्त कार्यक्रममा सहभागी भएका थिए । 

Dabur Nepal
NIC Asia

यसपटकको भ्रमणमा कुनै एजेन्डमा छलफल गर्न नभएकोले जानुअघि छलफल र परामर्श नगरिएको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारे ।  भारतीय प्रधानमन्त्रीबाट लिखित निमन्त्रणा आएपछि शपथग्रहण समारोहमा सहभागी हुन आफू भारत गएको उनले बताए । 

भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीसँग संक्षिप्त द्विपक्षीय वार्ता भएको उनले जानकारी दिए । यस्तै, भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेटवार्ता भएको उनले बताए । भारतका मन्त्री (हालका विदेश मन्त्री) आफूलाई भेट्न आफू बसेकै होटलमा आएको उनले बताए ।

“मोदीजीसँग नेपाल भारत सम्बन्ध थप मजबुत बनाउने, दुई देशबीच भएका सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल भयो,” प्रधानमन्त्री प्रचण्डले भने । 

मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको समेत उनले संसद्लाई जानकारी गराए । उपयुक्त समयमा नेपाल भ्रमणमा आउने वचन मोदीले दिएको उनले सुनाए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro