site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिकासँग अमेरिका पराजित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । बुधबार नर्थ साउन्डमा भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको हो ।

जितका लागि १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, हर्मित सिंहले ३८ रन, स्टेभेन टेलरले २४ रन र कोरे एन्डर्सनले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कगिसो रबाडाले तीन विकेट लिए । यस्तै, केशव महाराज, एनरिक नोर्त्जे र तब्रेज शाम्सीले एक–एक विकेट लिए ।

Global Ime bank

त्यसअघि टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर डी ककले आक्रामक ब्याटिङ गर्दै ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ४६ रन बनाए । हेनरिक क्लासेनले ३६, ट्रिस्टान स्टुब्सले २० र रिजा हेन्ड्रिक्सले ११ रन जोडे ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान दुई विकेट लिए ।

प्रतियोगितामा अमेरिका समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै र दक्षिण अफ्रिका ‘डी’ को शीर्ष स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement