site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रपछि विकासले फड्को मारेको छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि उनले मुलुक विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताए ।

Dabur Nepal
NIC Asia

“मुलुकको आर्थिक विकास कतातर्फ गइरहेको छ भनेर सुक्ष्म ढंगले प्रदर्शनीलाई हेरेर विश्लेषण गर्न सक्छौँ,” पूर्वमन्त्री कार्कीले भने, “तर, अहिले समाजमा जुन किसिमको नकारात्मक सोच र प्रचार गर्ने प्रवृत्ति बढेको छ, त्यसले हाम्रो बिचमा द्विविधा सिर्जना गरेको छ । यसलाई राम्रोसँग प्रचार गर्न सक्नुपर्दछ ।”

उनले देश विकासको गतिमा फड्को मारिरहे पनि गतिलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) र प्रतिव्यक्ति आय पनि वृद्धि भएको जानकारी दिनुभयो ।

“विकासको गति सुस्त होला । तर, गति अवरुद्ध छैन,” उनले भने, “अहिले गाउँमा विकास भइरहेको छ, अर्बौं रुपैयाँ खर्च पनि भइरहेको छ ।”
    
नेता कार्कीले गाउँमा विकासका पूर्वाधार पर्याप्त भए पनि गाउँ खाली हुँदै गइरहेकोमा चिन्ता प्रकट गरे । उनले मुलुकको सम्भावनालाई जनताले अनुभूत गर्ने किसिमले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro