site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भरतले पेरिस पारालिम्पिक खेल्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

विश्व तेक्वान्दोले मंगलबार पत्र पठाएसँगै भरतको सहभागिता निश्चित भएको हो ।

भरतले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यस तौल समूहमा जम्मा १२ खेलाडी रहनेछन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी पाँच खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला अपिहिल गाउँपालिका–८ का २७ वर्षीय भरत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आएका छन् । भरतसँग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Global Ime bank

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयतामा अटाएका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।

भियतनाममा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोस्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । अहिले भरत ५८औँ स्थानमा कायम छन् ।

पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् ।

चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement