site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्राले ल्यायो ‘ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना  

काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी ‘ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ ।

कम्पनीले असार ९ देखि २१ गतेसम्मका लागि यो योजना सार्वजनिक गरेको हो । यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागु नहुने जानकारी दिइएको छ । यो योजनाको लाभ उठाउनका लागि ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ ।   

Dabur Nepal
NIC Asia

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकहरूको सुविधाका लागि योजना ल्याइएको हो ।

यो योजना हाल वाग्मती र गण्डकी प्रदेशका बालाजु अटो वर्कसअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागु गरिएको छ ।  

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाअन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यस योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर परचेजमार्फत सरल फाइनान्सिङलगायत अन्य सुविधा पनि उपलब्ध गराउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro