site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खल्तीमा राजीनामापत्र बोक्नुभन्दा मन्त्रालयको बजेट बढाउन लाग्नूस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुदमन्त्रीलाई सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सचिव पौडेलले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् । 

उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयलाई थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए । 

Dabur Nepal
NIC Asia

पौडेलले खेलकुदमन्त्री आफैँ युवा भएकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट थप गर्नेगरी पहल गर्न आग्रह गरे । 

उनले युवा तथा खेलकुद मन्त्रालयले बजेट अनुसारका नयाँ–नयाँ कार्यक्रम थप गरी खेलकुदको विकासमा लाग्न आवश्यक रहेकोमा जोड दिए । उनले सातै प्रदेशमा खेलकुद मैदान निर्माणका लागि योजना बनाएर लैजान आवश्यक रहेको बताए । 

उनले हरेक वर्षका योजनालाई निरन्तरताभन्दा पनि खेलकुदको विकासमा जोड दिनेगरी कार्यक्रम र बजेट लैजानु अहिलेको आवश्यकता भएकोमा जोड दिए । 
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro