site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

अमेरिकाका सर्जन जनरल डा। विवेक मूर्तिले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकामा हुने मानसिक हानिप्रति अभिभावकको ध्यानाकर्षण गर्न सामाजिक सञ्जालका एप्लिकेसनहरूमा ‘वैधानिक चेतावनी’ राख्न आह्वान गरेका छन् । एपस् निर्माता कम्पनीहरूलाई पनि तिनका ‘प्लेटफर्म’को प्रयोगबाट स्वास्थ्यमा पर्ने हानिका सम्बन्धमा जानकारी दिन पनि उनले आग्रह गरेका छन् । 

सामाजिक सञ्जालसम्बन्धी विभिन्न अध्ययनहरूबाट तिनको असन्तुलित प्रयोगबाट बालबालिकामा गहिरो मानसिक असर पर्ने पुष्टि भएको छ ।  तैपनि, सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने प्रयास प्रभावकारी हुनसकेको देखिँदैन । केही मुलुकहरूमा एकाध प्लेटफर्ममाथि प्रतिबन्ध लगाइए पनि बालबालिकालाई जोगाउनेभन्दा बढी वयस्कहरूको अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्ने अभिप्राय देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बहुप्रचलित सामाजिक सञ्जालहरूमध्ये लगभग सबैले तिनको प्रयोगका लागि १३ वर्ष वा सोभन्दा माथि उमेर पुगेको हुनुपर्ने सर्त राखेका हुन्छन् । तर, उमेर प्रमाणित गर्ने खासै विधि नअपनाइने भएकाले तोकिएको उमेर नपुगेका धेरै बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेको अध्ययनहरूबाट पुष्टि भएको छ । बेलायतको अफकम भनिने संस्थाका अनुसार १२ वर्षका ८० प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नेगरेका छन् । 

सर्जन जनरल मूर्तिले अमेरिकी संसद्लाई एप्सहरूमा वैधानिक चेतावनी उल्लेख गर्नुपर्ने कानुन बनाउन सुझाव दिएका छन् । अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ प्रकाशित लेखमा उनले लेखेका छन् ( वैधानिक चेतावनीमात्रले सामाजिक सञ्जालबाट हुने हानि रोक्न त सकिँदैन तर सूर्तिजन्य पदार्थमा लेखिएको वैधानिक चेतावनीबाट सकारात्मक प्रभाव परेजस्तै फाइदा हुने अपेक्षा भने गर्न सकिन्छ ।     

Global Ime bank

नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  प्रतिबन्धको कारण भने मूलतः कर नियमनको समस्या बताइएको छ । प्रतिबन्धको अघोषित कारण भने सत्ताको टाउको दुखाइ बन्नसक्ने टिकटकमा सामग्रहरूको नियन्त्रण हो । बालबालिकाको मानसिक स्वास्थ्यको रक्षाका लागि सरकारले टिकटकमा प्रतिबन्ध लगाएको होइन ।

 सूचना प्रविधिको विकासका कारण अमेरिकी बालबालिकाले प्रयोग गर्ने सामाजिक सञ्जालका प्लेटफर्म नेपाली बालबालिकाले पनि सजिलै प्रयोग गर्छन् । यसैले डा। मूर्तिले उठाएको सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा हुने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो नगरौँ  । 

संसद् र विशेषगरी बालबालिकाको सर्वोत्तम हितको अभिभारा भएका निकायहरू तथा अभिभावकहरूको यसमा ध्यान जाओस् ।  अभिभावकहरू नै अन्ततः बालबालिकाको सर्वोत्तम हित रक्षाका लागि बढी जिम्मेवार र सावधान  त हुनै पर्छ । कतै नेपालमा पो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरी बालबालिकामाथि पर्ने हानिकारक प्रभाव रोक्ने उपाय फेला पर्छ कि १ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement