site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली प्रधानमन्त्रीको अमेरिकासँग गुनासो– हतियार र गोलाबारुद पाइएन
Tiktok banner adTiktok banner ad

गाजा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार अमेरिकाकी बाइडेन प्रशासनमाथि हतियार र गोलाबारुद नदिएको आरोप लगाएका छन् ।

इजरायलका प्रधानमन्त्रीले भनेका छन्, “जब अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकन इजरायल आएका थिए, त्यतिबेला मेरो उनीसँग कुराकानी भएको थियो । मैले भनेको थिएँ कि अमेरिकाले युद्धको सुरुबाट नै इजरायलको समर्थन गरेको थियो । यसको प्रशंसा गर्दछु । तर, उनीसँग मैले अरु केही कुरा पनि गरेको थिएँ । मैले भनेको थिएँ कि यो कुरा मैले बुझेको छैन केही समयदेखि अमेरिकाले हतियार र गोला बारुद इजरायल पठाउनका लागि ढिला गरिरहेको छ ।”

“इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र हो जो आफ्नो जिन्दगीको लागि लडिरहेको छ । हामी इरानसँग लडिरहेका छौँ । हामी दुवै ती देशसँग लडिरहेका छौँ जो दुवैका दुस्मन हुन” नेतान्याहूको भनाइ छ । 

ब्लिंकनले प्रशासन यी बाधालाई हटाउनका लागि दिन रात काम गरिरहेको आश्वासन दिएका थिए । उनले भनेका छन्, “चर्चिलले दोस्रो विश्वयुद्धका क्रममा अमेरिकासँग भनेका थिए, तपाईंहरू हामीलाई हतियार दिनोस् हामी युद्धको अन्त्य गर्दछौँ । म अमेरिकासँग भन्न चाहन्छु कि तपाईंहरू हामीलाई हतियार दिनोस् हामी युद्धलाई निकै छिटो अन्त्य गर्नेछौँ ।”

बाइडेन प्रशासनले गाजामा आमनागरिकको हत्यामा चिन्ता जनाउँदै गएको मे महिनापछि हतियारको आपूर्तिमा केही ढिला गरेको थियो । इजरायलका प्रधानमन्त्री नेतान्याहूले भनेका छन्, “हामी कैयौँ मोर्चामा लडिरहेका छौँ । दक्षिणमा हामी हमाससँग लडिरहेका छौँ । जबसम्म हमासलाई हामीले खतम गर्दैनौँ र बन्धकलाई छुटाउँदैनौँ तबसम्म युद्ध जारी रहनेछ ।” बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro