site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
शिक्षक सरुवा निर्देशिकाबारे शिक्षामन्त्री– अझै छलफल गर्न सकिन्छ
SkywellSkywell

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिकामा परिमार्जन गर्न सकिने आशय व्यक्त गरेकी छिन् । मंगलबार मन्त्रालयमा आफ्नो १०० दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले यसबारे आपत्ति राख्ने सरोकारवालासँग अझै छलफल गरेर अघि बढ्न सकिने बताइन् ।

निर्देशिका जारी गर्नुअघि प्रदेशस्तरमा र शिक्षक संगठनका प्रतिनिधिहरूसँग पनि छलफल गरिएको उनको दाबी छ । तर, शिक्षक तथा व्यवस्थापन समितिको असन्तुष्टि रहे अझै यसमा थप छलफल गरेर जान सकिने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“हामीले गरेका हरेक नयाँ काम नै अन्तिम हुनुपर्छ भन्ने छैन । कतिपय नयाँ कामबाट अनुभव पनि मिल्छ, त्यसैका आधारमा अघि बढ्नुपर्छ,” मन्त्री श्रेष्ठले थपिन् ।

निर्देशिकाले सरुवाका लागि अनुभवलाई प्राथमिकतामा राखेकोमा शिक्षकहरूको असन्तुष्टि छ । पहुँचवालाले मात्रै सरुवामा प्राथमिकता पाएकाले त्यसलाई सरलीकरण गर्न अनुभव गणना गर्ने व्यवस्था राखिएको उनको जवाफ छ ।

यस्तै, शिक्षक सरुवा प्रक्रियामा विद्यालय व्यवस्थापन समितिलाई बाइपास गरिएको भन्दै व्यवस्थापन समिति महासंघले पनि आक्रोश पोखेको थियो ।

यस सन्दर्भमा भने व्यवस्थापन समितिले नै प्रधानाध्यापकलाई सल्लाह दिने भएकाले समितिको भूमिका प्रत्यक्षरूपमा नराखिएको उनले प्रस्ट पारिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro