site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् सचिवालयका कर्मचारीको माग जायज : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीले गरेको माग जायज भएको जनाएको छ । कर्मचारीका माग जतिसक्दो चाँडो पूरा गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

संसद् सचिवालयका कर्मचारीको आन्दोलनलगायत विषयमा सोमबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दुवै सभाका पदाधिकारी, प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको बैठकपश्चात् कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो आग्रह गरेका हुन् ।

“उहाँहरूले गरेको श्रमअनुसार पारिश्रमिक र भत्ता पाउनुपर्छ । १५ वर्षको अवधिमा घरभाडा, महँगी, शैक्षिक भत्तालगायत विषय पुनरवलोकन भएन भनेर कर्मचारी साथीहरूले माग राख्नुभएको छ । त्यो माग जायज छ,” उनले भने ।

कर्मचारीका मागमा बैठकमा सहभागी सबैजना सहमत भएको भन्दै उनले संसद् बैठक सञ्चालन गर्न सरकारले आर्थिक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

“कर्मचारीले माग उचित छ, सम्बोधन गर्नुपर्छ । सदन सञ्चालन गर्न आवश्यक रकम सरकारले उपलब्ध गराउनुपर्छ । सदनले पनि मितव्ययी खर्च गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro