site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेट्रोलियम पदार्थ ढुवानीमा भएकाे अवरोध हटाउन कांग्रेसकाे माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रूपमा प्रयोग गर्न पाउने हकबाट बञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।
 
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले साेमबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आत‌ंकित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो । 

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग माग गरे । 

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृंखला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro