site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज वर्षकै बढी गर्मी

काठमाडौं । काठमाडौंमा शनिबार (आज) अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“काठमाडौंमो यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,” महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसित भने ।

काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.७, नेपालगन्जको ४२.६, दिपायलको ४२.०, वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाले शनिबार सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

adsfmmg-1718456177.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro