site stats
बाह्रखरी :: Baahrakhari
देश
भेरी नदीमा बेपत्ता भएका दुईजनाको शव गोताखोरले निकाल्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । शनिबार भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव आइतबार फेला पारेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको नेतृत्वको १० जना गोताखोरको टोलीले आइतबार दिउँसो १२ः३५ बजे ३० फिट गहिराइबाट शव निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार कास्कीको पोखरा महानगरपालिका–३३, बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको पनि शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षीय गणेश विक शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।  कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले बालकको शव २० फिट गहिराइबाट निकालेको हो ।
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्