site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट स्थानीय तह केन्द्रित हुन सकेन : रामहरि खतिवडा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले सो बताएका हुन् । 

“हामीले अहिले बनाउनुपर्ने स्थानीय तह हो । तर, हामी अहिले स्थानीय तहभन्दा संघतिर केन्द्रित भएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहलाई दह्रो बनाउने कुराहरू अहिले कहीँ उल्लेख गरिएको छैन,” उनले भने ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

सांसद खतिवडाले प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा चारपटकसम्म परिवर्तन हुने पद्धति रहेको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताए । 

विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने संघीयता र अहिले बनाएका कानुनको अर्थ नहुने भन्दै उनले सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्ने बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro