site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसीका स्थानीय तहमा चार अर्ब ९८ करोड ५० लाख अनुदान

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष स्थानीय तहमा चार अर्ब ९८ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने बजेटमार्फत घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ससर्त र समपूरक अनुदान हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको बताए । राजस्व बाँडफाँटबाट भने ९५ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान रहेको उनले सुनाए ।

वित्तीय समानीकरण स्थानीय तहलाई एक अर्ब, ससर्ततर्फ दुई अर्ब नौ करोड ५१ लाख र समपूरकतर्फ एक अर्ब ४८ करोड ९९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण हुने मन्त्री मगरले बताए ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro