site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कमजोर कथामा फरक टेस्ट

छोराको सपना भेट्रान निर्देशक बन्ने छ । बाबुआमाको चाहना छोरासँगै बस्ने छ । छोराको सपना काठमाडौंमा बसेर मात्र पूरा गर्न सम्भव छ । बाबुआमाको काम धरानमा छ ।

महत्त्वाकांक्षी जिद्दी छोरो काठमाडौंतर्फ लाग्छ । समयले आमालाई धरानमा एक्लै बनाउँछ । एक्ली आमा एक्लोपन भुलाउन छोरालाई फोन गर्छिन् । छोरालाई फोनमा बोल्ने फुर्सद छैन ।

अचानक छोरालाई फोन आउँछ । ऊ ट्याक्सी लिएर धरानतर्फ लाग्छ । त्यसपछि बाटोमा केके हुन्छ, त्यसको फेहरिस्त नै चलचित्र ‘बाटो: रोड टु डेथ’को कथा हो ।

Dabur Nepal
NIC Asia

आमालाई छोरासँग बस्ने रहर छ । छोरालाई सपनाका घर बनाउनु छ । तर, धरान जाँदै छ । आमासँग बस्न गएको हो अथवा अरू कुनै कारण छ ? निश्चित समयभित्र अस्पताल पुग्र्नैपर्ने बाध्यतामा एम्बुलेन्स लिएर नर्स धरानतिर लाग्छिन् । तर, अपरिचितले हानेको तीरले एम्बुलेन्सको टायर पन्चड हुन्छ । त्यसपछि के हुन्छ जान्न सिनेमा नै हेर्नुपर्छ ।

‘बाटो: रोड टु डेथ’ कोभिड–१९ समयको सेरोफेरोको कथा हो । तर, सिनेमा हेर्दा त्यसका पात्र र परिवेशमा कोभिड–१९ को समयमा समाज कति भयभीत, त्रसित र सचेत थियो त्यो अनुभूत हुँदैन ।

‘बाटो: रोड टु डेथ’को मुख्य समस्या नै कथा हो । बलिउड फर्मुलामा बनाइएका थुप्रै पुराना नेपाली र हिन्दी सिनेमामा कहीँ कतै देखेदेखेजस्तो लाग्ने कथा यो चलचित्रको कमजोर पक्ष हो । निर्माणपक्षले कथामा मिहिनेत गरेको छैन । त्यो आवश्यक थियो । मात्र फरक ट्रिटमेन्ट छ । यसले चलचित्रलाई केही हदसम्म जोगाएको छ ।

थ्रिलर जानरामा निर्मित चलचित्रले फरक टेस्ट दिन्छ । निर्देशक तथा लेखकले आफ्नै फरक संसार निर्माण गरेका छन् । चलचित्र हेर्दा यस्तो पनि हुन्छ र भन्ने प्रश्न उब्जिन्छ । त्यो स्वाभाविक हो । थ्रिलर जानराको विशेषता नै यही हो ।

‘बाटो: रोड टु डेथ’ले साउथ इन्डियन मुभीको टेस्ट दिने प्रयास गरेको छ । रिच क्यानभास देखिएको चलचित्रमा पात्रको पहिरन, एटिच्युड र उद्देश्यले फरकपन दिने प्रयास गरेको छ । यसमा निर्देशक सफल भएका छन् । सिनेमाको सर्वाधिक सवल पक्ष पनि यही नै हो ।

अभिनयका हिसाबले सिनेमाको नायक सुलक्षण भारती हुन् । चलचित्रको पहिलो हाफ उनैले धानेका छन् । उनको अभिनयले लोभ्याउँछ ।

चलचित्रका अन्य कलाकारको अभिनय औसत छ । अधिकांश कलाकार निकै ‘लाउड’ छन् । थ्रिलर सिनेमामा क्यारेक्टर लाउड हुन्छन् । तर, ‘बाटो: रोड टु डेथ’मा लाउड मिनिमाइज गर्ने धेरै ठाउँ छ । लाउड क्यारेक्टरका लामा दृश्यले झिजो लगाउँछ ।

केही सिन छन्, जसलाई पत्याउन कठिन हुन्छ । ग्यारेज सञ्चालकले बनाएको भव्य अन्डरग्राउन्डसहितको संरचना कसरी सम्भव भयो ? दिमागमा प्रश्न जन्माउँछ । यी र यस्ता दृश्यले निर्देशकले सिनेमामा बनाएको आफ्नै वर्ल्डलाई केही कमजोर बनाउँछ ।

क्यामेरा वर्क सिनेमाको सबैभन्दा सवल पक्ष हो । कलर, कस्ट्युम र प्रप्समार्फत निर्देशकले कथा भन्ने प्रयास गरेका छन् । सिनेमेटोग्राफीमा धेरै काम नभए पनि निर्देशकले यसको महत्त्वलाई बुझेर प्रयास गरेको देखिन्छ ।

लाउड ब्याकग्राउन्ड स्कोरले साउन्डलाई डिस्टर्ब गर्छ । थ्रिलर सिनेमामा ब्याकग्राउन्ड स्कोर संवादजत्तिकै महत्त्वपूर्ण हुन्छ । संवादले बुझाउन र फिल गराउन नसक्ने कुरा ब्याकग्राउन्ड स्कोरले गर्छ । यसमा भने निर्देशकले जानराअनुसार प्रयोग गरेका छैनन् ।

थ्रिलर सिनेमाले दर्शकलाई थ्रिल फिल गराउन सक्नुपर्छ । जुन थ्रिलर चलचित्रले दर्शकमा थ्रिल फिल गराउन सक्दैन, त्यो असफल सिनेमा हो । थ्रिल फिल भएन र बलियो सस्पेन्स पर्याप्त नभए त्यो मजबुत थ्रिलर सिनेमा बन्नबाट चुक्छ । ‘बाटो: रोड टु डेथ’मा थ्रिल र बलियो सस्पेन्सको टड्कारै अभाव देखिन्छ ।

नेपालमा ‘बाटो: रोड टु डेथ’जतिका थ्रिलर सिनेमा बन्न थाल्नु नै सकारात्मक पक्ष हो । यसमा देखिएको मिहिनेत कदरयोग्य पक्ष हो ।

थ्रिल फिल गर्ने वर्ल्ड क्लासका सिनेमा हेरिरहेका दर्शकका लागि यो रोजाइमा पर्ने चलचित्र होइन । तर, नेपाली थ्रिलर सिनेमा कस्तो बनेछ भनेर हेर्न जाँदा पछुताउनैपर्ने चलचित्र होइन ।  

० ० ०

चलचित्र : बाटो: रोड टु डेथ
निर्देशक/लेखक : मदन थापा
कलाकार : मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, आशान्त शर्मा आदि  
लेन्थ : १०३ मिनेट
जानरा : थ्रिलर
ब्यानर : काठमाडौं फिल्मस् ।

‘थ्रिल’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro