site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको कारबाहीविरुद्ध देवकोटा सर्वोच्च जाने
Dabur Nepal
NIC Asia

पोखरा । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपश्चात निलम्बित भएका गण्डकीका पूर्वप्रदेशसभा सदस्य फणिन्द्र देवकोटा कानुनी उपचारमा जाने भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै देवकोटाले माओवादीले आफ्नो पछाडि नहिँडेका कारण कारबाही गरेको प्रतिक्रिया दिए । न्यायका लागि सर्वोच्च अदालत जाने उनले बताए ।

माओवादीको कारबाहीलाई उनले संवैधानिक र राजनीतिक रूपले गलत रहेको बताए । “मलाई पूर्वानुमान त थियो, तर यसरी निलम्बनकै सूचना जारी गर्नुहुन्छ जस्तो चाहिँ लागेको थिएन । हामीले राजनीतिक रूपले पनि हेर्नुपर्छ । राजनीतिक दलका मूल्यमान्यता हुन्छन् । निर्वाचनमा हामी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी मिलेर निर्वाचनमा गएका थियौँ । म नेसपाको केन्द्रीय नेता हुनुको नाताले मेरो पार्टी नेसपा र माओवादी केन्द्रको केन्द्रीय समितिले नै निर्वाचनमा जाँदा एकल चुनाव चिह्न प्रयोग गरेर जाने र चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्ने निर्णय गरेका थियौँ” उनले भने, “त्यसकै आधारमा अहिलेका परिघटना भएको हो । मेरो उमेदवारी पत्रमा पनि दलको नाम नेसपा नै उल्लेख गरेको छु । निर्वाचनमा घोषणापत्र र कार्यक्रम पनि नेसपाकै लिएर गएको थिएँ । मलाई मतदाताले निर्वाचित गराउनुभयो र प्रदेशसभामा म उपस्थित भएर आजका दिनसम्म क्रियाशील थिएँ, छु ।”

उनले माओवादीको यो कदमविरुद्ध हरेक लडाइँ लड्ने बताए । “माओवादीले मलाई उहाँको पार्टीको पछि नलागेका आधारमा गरेको कारबाही निन्दनीय, अराजनीतिक, असंवैधानिक छ र कानुनसम्मत छैन । मैले यो कुरालाई राजनीतिक, संवैधानिक र कानुनी रूपमा प्रतिवाद गर्नेछु ।” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro