site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२०८३ चैतसम्म काठमाडौं–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।

शुक्रबार कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो प्रतित्रद्धता जनाएका हुन् । उनले आफ्नो व्यक्तिगत कुण्ठा, आकंक्षाहरू नपुगेका कारण विभिन्न किसिमका हल्लाह फिँजाइएको बताए ।

Argakhachi Cement Island Ad

उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत भनेर राष्ट्रिय गौरवका योजनाका बारेमा अवगत गराउनसके थोरै वर्षहरूमा मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गरे । काठमाडौं–तराई/मधेस द्रुतमार्ग नेपाली सेनाको कारणले नभइ राज्यको तर्फबाट नै आवश्यक ऐन, कानुन, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको बताए ।

अहिले द्रुतगतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८३ सालको चैत्रसम्ममा काम सम्पन्न भइ सवारी सञ्चालन हुने प्रतिबद्धता जनाए ।

"बजारमा विभिन्न हल्ला चलेका छन् । आफ्नो व्यक्तिगत कुण्ठाहरू, व्यक्तिगत इच्छा, आकांक्षाहरू नपुगेका कारण विभिन्न किसिमका हल्लाहरू फिँजाइएका छन्," उनले भने, "स्थानीय तहमा नदीजन्य पदार्थका यही गतिमा अघि बढेको खण्डमा तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ । मेरो संसदीय कालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिबद्धता पनि व्यक्त गर्दछु ।"

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्