site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्ने

काठमाडौं । नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।

गत अगस्टमा घोषणा भएअनुसार एएफसीले महिला च्याम्पियन्स लिगका लागि २२ देशले इच्छा देखाएको जनाएको छ । अक्टोबर ६ देखि १२ सम्म केन्द्रीकृत संरचनामा हुने समूह चरणमा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा फिफा महिला वरीयताको शीर्ष–८ मा रहेका टिम सोझै छनोट हुनेछन् ।

Dabur Nepal

यस्तै, बाँकी चार टिम भने प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने १४ टिमबाट चयन हुने एएफसीले जनाएको छ । एएफसीका अनुसार प्रारम्भिक चरणमा सहभागी १४ टिममा नेपालको एपीएफले पनि प्रतिस्पर्धा गर्नेछ । 

प्रारम्भिक चरणका १४ टिमलाई चार समूहमा विभाजित गरिनेछ । जसमा चार टिम रहने गरी दुई समूह र तीन टिम रहने गरी दुई समूह हुनेछ । जसबाट प्रत्येक समूहका विजेता महिला च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् । प्रारम्भिक चरणका खेलहरू अगस्ट २५ देखि ३१ सम्म हुनेछन् ।

एएफसीका अनुसार जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक चरणका समान एक समूहका खेलहरू आयोजना गर्नेछन् । यस्तै, चीन र भियतनामले प्रतियोगिताको समूह चरणका समान एक समूहका खेलहरू आयोजना गर्नेछन् । समूह चरणमा तेस्रो समूहको खेलहरू आयोजना गर्ने देश भने तय हुन बाँकी नै रहेको एएफसीले जनाएको छ ।

AFC-1718352380.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro