site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कुवेत आगलागी : भारतीय एयर फोर्सले ल्यायो ४५ भारतीयको शव
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । इन्डियन एयर फोर्सको उडानबाट कुवेतमा आगलागीमा परेर मृत्यु भएका ४५ भारतीय कामदारको शव शुक्रबार स्वदेश ल्याएको छ । कुवेतको मंगफस्थित एक बहुतले भवनमा गएको बुधबार आगलागी हुँदा ती कामदारको मृत्यु भएको थियो । सो सहरमा १७६ भारतीय कामदार भएको जनाइएको छ । 

कुवेतका अधिकारीहरूका अनुसार सो आगलागीमा ५० मानिसको मृत्यु भएको थियो । ती मध्ये ४५ जना भारतका, तीन फिलिपिन्सका र अन्य दुईजनाको सनाखत नभएको जनाइएको छ । बिहीबार भारतका मन्त्री कीर्तिबर्द्धन सिंह त्यहाँ गएर मृतकको पहिचानको काम अघि बढाएका थिए । 

भारतका मृतकमध्ये २३ जना केरला, सातजना तमिलनाडु, तीनजना आन्ध्र प्रदेश, तीनजना उत्तर प्रदेश, दुईजना उडिसाका छन् । अन्यमा  बिहार, पञ्जाव, कर्णाटक, महाराष्ट्र, पश्चिम बंगाल, झारखण्ड र हरियानाबाट एक एकजना रहेको जनाइएको छ । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro