site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस र वाग्मतीमा मनसुनअनुकूलन वातावरण, काठमाडौंमा वर्षाको सम्भावना
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोसी प्रदेशमा हाल मनसुन प्रणालीको प्रभाव छ । यो वर्षको मनसुन गएको सोमबार (जेठ २८) गते नेपाल भित्रिएको थियो । तर, कोसी प्रदेशका सम्पूर्ण भूभागमा यसको पूर्ण असर अझै नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसीको पूर्वी भूभागमा भने मनसुनका कारण वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मनसुन प्रणालीमा प्रगति भइरहेको उनले उल्लेख गरे ।

“प्रोग्रेस (प्रगति) देखिन्छ । कोसीका सबै भूभागमा कभर (फैलिएको) गरेको छैन,” उनले बाह्रखरीसित भने, “पूर्वी भागमा वर्षा भइरहेको छ । पश्चिम (कोसी प्रदेशको पश्चिम क्षेत्र)तिर बादल लागेको छ । तर, राम्रो असर गरेको छैन ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

मनसुनका कारण कोसीका झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा वर्षा भएको उनले बताए । मनुसनको प्रभाव अरू भूभागमा पनि विस्तारै देखिने क्रममा रहेको उनले जानकारी दिए ।

उनका अनुसार, मधेस प्रदेशको पूर्वी भूभागमा मनसुनअनुकूलन वातावरण बनेको छ । वाग्मती प्रदेशको पूर्वी भूभागमा समेत मनसुनअनुकूलन वातावरण बनेको उनले बताए ।

Royal Enfield Island Ad

“मधेस प्रदेशको पूर्वी भूभाग र वाग्मती प्रदेशको पूर्वी भूभागमा पनि मनसुनअनुकूलन वातावरण बनेको छ,” उनले भने, “तर, ती क्षेत्रमा मनसुन भित्रिएकै भन्ने होइन । त्यसबारे हामी बुलेटिनमार्फत जानकारी गराउँछौँ ।”

काठमाडौंमा वर्षाको सम्भावना
काठमाडौंमा आज वर्षाको थोरै सम्भावना रहेको उनले जानकारी दिए । दिउँसो र राति पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताए । यहाँ वर्षाको सम्भावना मनसुनका कारण भने नभएको उनले स्पष्ट पारे ।

स्थानीय वायुको प्रभावका कारण काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । स्थानीय वायुलाई पानी पार्न मनसुनअनुकूलन वातावरणले ‘सपोर्ट’ भने गर्ने उनको भनाइ छ ।

“काठमाडौंमा दिउँसो र राति पनि वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना देखिन्छ । छोटो समय वर्षा हुनसक्छ,” उनले भने, “स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना छ । स्थानीय वायुलाई मनसुनअनुकूलन वातावरणको सपोर्ट रहन सक्छ ।”

काठमाडौंको आज तापक्रम ‘उच्च’ हुने सम्भावना नरहेको उनले बताए । हिजोअस्तिभन्दा तुलनात्मक रूपमा तापक्रम घट्ने अवस्था रहेको उनले उल्लेख गरे ।

बिहीबार (हिजो) र बुधबार (अस्ति) काठमाडौंको अधिकतम तापक्रम समान ३४.३ डिग्री सेल्सियस थियो । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम यही जेठ २८, १७ र ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro