site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पीएनजीविरुद्ध सहज जितसँगै अफगानिस्तान सुपर–८ मा, ओमानविरुद्ध इंग्ल्यान्डको सहज जित
SkywellSkywell

काठमाडौं । समूह चरणको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध सात विकेटको सहज जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।

बिहीबार टारोउबामा भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । 

अफगानिस्तानको जितमा गुलबदिन नैबले ४९ रन बनाए । उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोहम्मद नाबीले १६, अज्मतुल्लाह ओमरजाईले १३ र रहमनुल्लाह गुर्बजले ११ रन थपे ।

Dabur Nepal
NIC Asia

पीएनजीका एलेइ नाओ, सेमो कामेअ र नोर्मन भानुवाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पीएनजीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनको योगफल खडा गरेको थियो । पीएनजीका किप्लिन डोरिगाले २७ रन बनाए । एलेइ नाओले १३ र टोनी उराले ११ रन थपे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पीएनजीका लेगा सिएगा र सेसे बाउ गोल्डेन डक भएका थिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको अफगानिस्तान समूह ‘सी’ बाट अन्तिम खेलअगावै सुपर–८ मा प्रवेश गरेको हो । अफगानिस्तानको यो जितसँगै समूह ‘सी’ बाट सुपर–८ मा पुग्ने दुई टिमको टुंगो लागेको छ । यो समूहबाट अफगानिस्तानसँगै वेस्ट इन्डिजले पनि सुपर–८ मा स्थान सुनिश्चित गरेको हो । यस्तै, समूहका न्युजिल्यान्ड, युगान्डा र पीएनजी भने सुपर–८ को दौडबाट बाहिरिएका छन् ।

बिहीबार राति भएको अर्को खेलमा इंग्ल्यान्डले ओमानविरुद्ध आठ विकेटको सहज जित निकाल्यो । नर्थ साउन्डमा भएको खेलमा ओमानले प्रस्तुत गरेको ४८ रनको लक्ष्य इंग्ल्यान्डले ३.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो । 

इंग्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित २४ रन बनाए । फिल साल्टले १२ रन थप्दा विल ज्याक्सले पाँच र जोनी बेरेस्टोले आठ रन जोडे ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको इंग्ल्यान्डको यो पहिलो जित हो । तीन खेलबाट तीन अंक जोडेको इंग्ल्यान्ड समूहको तेस्रो स्थानमा छ । प्रतियोगितामा समूह चरणको सबै खेल खेलिसकेको ओमान भने जितविहीन प्रतियोगिताबाट बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro