site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वी क्षेत्रमा वर्षा हुँदा पश्चिम नेपालमा गर्मी बढ्दै 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  छ । 

कोसी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेस प्रदेशसहित देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कासी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यसैबीच, आजदेखि तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ । मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी आजदेखि असार २ गतेसम्म अत्यधिक गर्मीको सम्भावना रहेको हो ।

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्