site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंशलाई प्रश्न– नेपालमा युवाका लागि चलचित्र बनिरहेका छन् ?

काठमाडौं । कलाकार हरिवंश आचार्य नयाँ पुस्तालाई आकर्षित गर्ने सरल सिनेमा आफ्नै तरिकाले बनाउन सकिने बताउँछन् । प्राविधिक पाटोमा विश्वका ठूला चलचित्र उद्योगसँग प्रतिस्पर्धा गर्न नसके पनि अहिलेको पुस्ताले रुचाउने विषयप्रधान चलचित्र बनाउन सकिने उनको धारणा छ । 

कोरियन र इरानी चलचित्र उद्योगको उदाहरण दिँदै हरिवंश त्यस्तै सिनेमा बनाउन सके सबै पुस्ताका दर्शकलाई नेपाली सिनेमाले आकर्षित गर्ने उनको विश्वास छ । 

हलिउड र बलिउडका चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको तर, मेकिङका हिसाबले उनीहरूसँग प्रतिस्पर्धा गर्न कठिन रहेको उनको भनाइ छ । “उनीहरूको मेकिङ असाध्यै रिच हुन्छ । उनीहरू अर्ब रुपैयाँमा एउटा सिनेमा बनाउँछन् । एनिमेसनमा काम गर्न सक्छन् । उनीहरू टेक्निकल्ली धेरै माथि छन्,” हरिवंश भन्छन् । 

नेपालको सिनेमा बजार सानो रहेकाले सानो लगानीमा चलचित्र बनाउनुपर्नेमा उनको जोड छ । अहिले मात्र होइन, पछि पनि नेपालले अर्बौं रुपैयाँ खर्च गरेर सिनेमा बनाउन नसक्ने उनको भनाइ छ । 

न्यून बजेटबीच पनि विषयवस्तु र जीवन्त अभिनय नै नेपाली चलचित्र उद्योगको प्राथमिकतामा पर्नुपर्ने उनी स्पष्ट पार्छन् । उनी भन्छन्, “कोरियन र इरानी चलचित्र उद्योगले सरल विषयवस्तुमा अब्बल सिनेमा बनाइरहेका छन् । त्यसैले त्यहाँ मात्र होइन, विश्वभरका दर्शकले हेरिरहेका छन् । त्यसरी नै हामीले पनि बनाउन सक्यौँ भने सबै उमेर समूहका दर्शकले चलचित्र हेर्छन् ।”

अब आउने पुस्ताको भने सिनेमाको टेस्ट परिवर्तन हुनसक्ने उनी बताउँछन् । “चलचित्रको टेस्ट चेन्ज हुँदै जान्छ । २० वर्षअगाडि र अहिलेको टेस्ट चेन्ज भइसक्यो । अहिले पुरानो धारका चलचित्र बन्दैनन्,” हरिवंश भन्छन्, “पाँचवटा गीत हुने, एउटा हास्यकलाकार राख्नैपर्ने, एउटा भिलेन हुनैपर्ने, नारीप्रधान सिनेमा हुनैपर्ने ट्रेन्ड चेन्ज भइसक्यो ।”

दस वर्षअघिका जस्ता चलचित्र अहिले बनाउन छोडिएको उनी बताउँछन् । अब दस वर्षपछि अहिलेका जस्ता चलचित्र बजारमा नचल्ने उनको तर्क छ । समयसँगै परिवर्तन हुने रुचिअनुसारका चलचित्र बनाइए टिनेजरलाई आकर्षण गर्न सकिने उनको विश्वास छ । 

जुन फेसन आउँछ, मेकर पनि त्यसभित्र पसेर गहिराइमा पुगेर चलचित्र बनाउन सके अहिलेको र आउँदै गरेको पुस्ताको रुचिलाई सम्बोधन गर्न कठिन नहुने उनको धारणा छ । कसको रुचि केमा छ, अध्ययन गरेर चलचित्र बनाउन सके कुनै पनि पुस्ताका दर्शकको अभाव सिनेमाले झेल्नु नपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro