खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अमेरिकाविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान रोहित शर्माले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।
यस्तै, अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सुपर–८ मा स्थान निश्चित गर्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ २०:०६
प्रतिक्रिया दिनुहोस्