site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्टिय श्रम सम्मेलनमा अध्यक्ष ढकालले भने– नेपालमा लगानीको सम्भावना बढ्यो                 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । 

११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधत्व गर्दै सम्बोधन गरेका हुन् । नेपालका रोजगारदाताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

सामाजिक सुरक्षा लैगिंक समानता र दिगो आयआर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन पनि उनले आग्रह गरे । भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले भारत र चीनजस्ता धेरै जनसंख्या भएका उदयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरूमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि बताए ।

सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू पनि नेपालको लाभका क्षेत्र रहेको उनले बताए । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको अध्यक्ष ढकालले सम्मेलनका सहभागीलाई जानकारी गराए ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्टिय श्रम संगठन (आईएलओ) र रोजगारदाताहरूको अन्तर्राष्टिय संगठन (आईओई) का उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro