site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सडक पुगेको २० वर्षपछि कालोपत्रे

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन् । यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्रे सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्रे भएको हो ।

बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका–२ सिमसम्म कालोपत्रे गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्रे गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

२४ किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो । रासस

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्