site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ । 

कुल ३१ पृष्ठको उक्त प्रतिवेदन अध्यक्ष यादवले जनकपुरमा जारी महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर संशोधन जनाएका छन् ।

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको थियो । प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको थियो ।  

यसैगरी, पूर्वमन्त्री विजय यादवले पेस गरेको पार्टीको आय–व्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेशनारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परीक्षण पनि सर्वसम्मतले पारित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro