site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेसपाले भन्यो– फणिन्द्र हाम्रै सांसद हुन्, फ्लोर क्रस नभन्नू
SkywellSkywell

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेशमा फणिन्द्र देवकोटाले कानुनबमोजिम नै सरकारलाई विश्वासको मत दिएको बताएको छ । सोमबार साँझ एक विज्ञप्तिमार्फत नेसपाले देवकोटाले दिएको विश्वासको मतलाई फ्लोर क्रस भनेर गरिएको प्रचारबाट भ्रमित नहुन पनि आग्रह गरेको छ ।

"गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो । नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजुदा कानुनी व्यवस्थाबमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ," विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

विज्ञप्तिमा नेपाल समाजवादी पार्टीको निर्देशन र जनादेशबमोजिम देवकोटाले विश्वासको मत दिएको उल्लेख छ । यस अवस्थामा उनले दिएको विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरेर कारबाही गर्न नमिल्ने नेसपाको दाबी छ ।

नेसपाले फणिन्द्र देवकोटाले गोरखा २ (१) मा उमेदवारी दर्ता गर्दा नै मनोनयन पत्रमा नेपाल समाजवादी पार्टीको तर्फबाट उमेदवार भनेर जनाएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, "निर्वाचनपछि निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसद भनी प्रमाण पत्र र परिचय पत्र दिएको हो । निर्वाचन आयोगमा भएको अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेश सभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ ।"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro