site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्र खतरामा : डा. यादव
फाइल तस्बिर ।

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । नेपालमा पनि लोकतान्त्रिक व्यवस्था खतरामा परेको उनले उल्लेख गरे ।

नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा लोकतन्त्रको जग बलियो बनाउने राजनीतिक दलको जिम्मेवारी भएकामा जोड दिए । यसका निम्ति नेपाली कांग्रेस बढी जिम्मेवार हुनुपर्ने उनले बताए ।

Dabur Nepal
NIC Asia

“यो संविधानलाई कसरी सही संरक्षण गरेर अघि लाग्न सकिन्छ, कसरी बचाएर अगाडि लाने र देशलाई सही बाटोमा हिँडाउने काम कांग्रेसको काँधमा छ,” उनले भने, “अहिले विश्वमा नै लोकतन्त्र खतरामा परेको छ । नेपालमा पनि लोकतन्त्रको जग बचाउने काम कांग्रेसको हो ।”

आधा विश्व अहिले चुनावी प्रक्रियामा होमिएको उनले उल्लेख गरे । भारतको निर्वाचन र त्यसको परिणामले लोकतान्त्रिक व्यवस्थामाथि ठूलो सन्देश दिएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro