site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै खुट्टामा उभिन सक्ने नेतृत्व अहिलेको आवश्यकता : शशांक कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आरक्षणभन्दा पनि आफ्नै  खुट्टामा उभिन सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन् । 

सोमबार गौशालास्थित अनुपम होटलमा भएको कांग्रेस नेतृ शैलजा आचार्यको १५ स्मृति दिवसमा बोल्दै उनले ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत महिला आरक्षण बनाए पनि केही आपत्ति नहुने उल्लेख गरे । तर, जिम्मेवारी पाएपछि काम गरेर देखाउने हैसियत बनाउनुपर्नेमा उनले जोड दिए ।

“टिकट दिएपछि पैसा चाहिन्छ । आफ्नै खुट्टामा उभिएर काम गर्नुपर्छ । सपना नदेखी राजनीति कसरी गर्नुहुन्छ ?” उनले प्रश्न गरे । 

नेता कोइरालाले नेतृ शैलजा आचार्यको फोटो नेतृत्वको शीर्षपंक्तिमा नदेखिएकोमा समेत आपत्ति जनाए । उनले शैलजाको फोटो शीर्ष नेतृत्वको चौथो स्थानमा हुनुपर्ने धारणा राखे ।

“म अचम्म पर्छु । किन उहाँलाई सम्मान कम गरिन्छ, उहाँको फोटो बीपीहरूको लाइनमा चौथो नम्बरमा हुनुपर्छ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro